लागुऔषधसहित दुई पक्राउ

माघ २७, लहान ।  प्रतिबन्धित लागुऔषधसहित आज बिहान लहान नगरपालिका–३ स्थित बसपार्कबाट दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही वडा निवासी २५ वर्षीय रामबाबु शर्मा र उदयपुरको त्रियुगा नगरपालिका–७ निवासी २७ वर्षीय आशिष सिलवाल रहेको प्रहरीले जनाएको छ ।  

लहान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बसपार्कबाट दुवै जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।  

पक्राउ परेकाको साथबाट फेनारगन–९ एम्पुल, डाईजिल्याब नौ एम्पुल र नुफिन ८ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले सिरहा विष्णुपुर–५ बाट करीब रु ५० हजार मूल्य बराबरको अवैधरूपमा ल्याइएको समान बरामद गरेको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =