भरतपुर, बुटवल र पाेखरामा मेगा एजुकेशन फेयर २०१८ हुँदै

“
जेठ, ७, काठमाडौँ । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै मोफसलमा तीन प्रमुख सहरहरूमा मेगा एजुकेशन फेयर हुने भएको छ । वान अप प्रा.लि.को आयोजनामा चितवनको भरतपुर, रुपन्देहीकोे बुटवल र कास्कीको पोखरा मेगा एजुकेशन फेयर हुने भएको हो ।
ABROAD STUDY मा जान चाहने विद्यार्थीलाई सही परामर्श दिनका लागि मोफसलमा प्रमुख तीन सहरमा मेगा एजुकेशन फेयर आयोजना गरिएको आयोजक वान अपले जनाएको छ ।
मेगा फेयरमा अस्ट्रेलिया, अमेरिका, न्युजल्याण्ड, क्यानडा, जापान, इण्डियाका शैक्षिक जानकारी दिइने व्यवस्था गरिएको वान अपका इभेण्ट मेजेनर भोला पोख्रेलले बताए । ‘ABROAD STUDY मा जान चाहने विद्यार्थीलाई एकै छानामुनि दर्जनौँ शैक्षिक परामर्शदाता भेला गरेर सही काउन्सेलिङ गर्न मेगा फेयर गरिएको हो ।’ इभेण्ट मेजेनर पोखरेलले बताए ।
यही जेठ ११ र १२ गते चितवनको भरतपुर स्थित भरतपुर गार्डेन रिसोर्ट, जेठ १८ र १९ मा वुटवलको सिद्धार्थ कटेज र २५ र २६ गते पोखरा न्यूरोड स्थित सिटी स्क्यायरमा मेगा एजुकेशन फेयर हुने छ ।
फेयरमा कक्षा १२ को परीक्षा दिएर ब्याचलर तथा माष्टर्स गर्न विदेश जाने सोच बनाएका विद्यार्थीले सहभागी हुन सक्छन् । विद्यार्थी अभिभावकलाई ABROAD STUDY का विविध विषयमा जानकारी दिन दक्ष तथा नेपाल सरकारबाट मान्यता प्राप्त काउन्सलर र कन्सल्टेन्सीको सहभागिता रहनेछ ।
फेयरमा विद्यार्थीलाई करियर काउन्सेलिङ समेत गर्ने भएकोले करियर निर्माणमा महत्त्वपूर्ण खुड्किलो हुने आयोजक वान अपका इभेण्ट मेनेजर पोखरेलले दाबी गरे । ‘हामीले विगत लामो समयदेखि शैक्षिक मेला आयोजना गर्दै आइरहँदा मुख्य रूपमा विद्यार्थीको आवश्यक्ता र चाहना अनुसार काम गरिरहेका छौँ । यो फेयरले विद्यार्थीलाई ABROAD STUDY का धेरै विषयमा जानकारी दिन सक्नेछ ।’ उनले भने ।
फेयरमा देशका दुई दर्जन भन्दा बढी कन्सल्टेन्सी तिनले प्रतिनिधित्व गरेका देश तथा त्यहाँका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहनेछ । आयोजकले फेयरमा आउने विद्यार्थीलाई आकर्षक गिफ्ट ह्याम्परको समेत व्यवस्था गरेको छ ।
“








