सरकारसँग किन असन्तुष्ट छन् माधव नेपाल ?

 

असार १७, काठमाडौं । पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालको सरकारप्रतिको असन्तुष्टि छताछुल्ल भइरहेको छ । नेता नेपालले पार्टीभित्र मात्रै होइन बाहिर पनि सरकारको कामकारवाहीको टिप्पणी गर्न थालेका छन् ।  

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले पूर्वाधार विनाका योजना घोषणा, मनपरी नियुक्ति तथा अवकास लगायत क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढेको पनि बताए । 

null

नेतृत्वले विचारमा रहेको विविधतालाई सकारात्मक रुपमा लिँदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुन सक्नुपर्ने उनको भनाइ छ । 

सरकारको कामप्रति असन्तुष्टि जनाउँदै आइरहेका नेता नेपालले पैसा खर्च गरेर नेपालमा आयोजना गर्ने भनिएको भारतीय फिल्म् अवार्ड (आइफा) को पनि विरोध गरे । 

पूर्वसांसद मञ्च नेपालको १९ औँ साधारणसभालाई सम्बोधन गर्दै नेता नेपालले नगरपालिकाले करोडौं तिरेर अवार्ड गर्ने निर्णयले नेपाली फिल्म निर्माताहरु चिन्तित भएको बताए । 

उनले भने, ‘पर्यटन प्रवद्र्धन गर्न ध्यान पुर्याउनु राम्रो हो तर, आफ्नो देशको साधन स्रोतलाई प्रतिकूल असर पार्नु हुँदैन । राष्ट्रिय पुँजी मासिएर विदेशी पुँजीहरु फस्टाउने, नेपालीहरुले दुःख पाउने विदेशीहरुले रमाउने, त्यस्तो तरिका अपनाउनु हुँदैन ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =