मुख्यमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी लिन अस्पताल पुगे प्रधानमन्त्री
२०७६ जेठ २२ गते

जेठ २१, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
मंगलबार बिहान अस्पताल पुगेर प्रधानमन्त्रीले मुख्यमन्त्री पौडेलको स्वास्थ्य स्थितिबारे जानकारी लिएका हुन् ।
null
मुख्यमन्त्री पौडेल केही दिनदेखि अस्वस्थ छन् । उनले उक्त अस्पतालमा मुटुको शल्यक्रिया गराएका थिए । मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरिरहेको छ ।
२०७६ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








