ओली–नेपालकाे अडान कायमै, नेकपा सचिवालयको बैठक निष्कर्षविहीन

 

जेठ २१, काठमाडौं । सत्तारुढ दल नेपालल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबारको सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ । 

केन्द्रिय समिति सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने भनिएको बैठक विना निष्कर्ष टुंगिएको हो । 

null

छलफलले पूर्णता नपाएका कारण बैठक बुधबार बिहान १२ बजे पुनः बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार सचिवालयको बैठक बसेर त्यसलाई टुंगाउने समझदारी भएको छ । 

प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले मन्त्री र सांसद बनेकाहरुलाई पनि जिल्ला ईञ्चार्ज र सहईञ्चार्जको जिम्मेवारी दिने तयारी गरेपछि वरिष्ठ नेता माधव नेपालले त्यसको विरोध गरेका थिए । नेपाल पक्षले पार्टीमा मन्त्री र सांसद नभएकाहरु पनि योग्य रहेकाले उनीहरुलाई जिल्लामा जिम्मेवारी दिनुपर्ने अडान लिएका कारण बैठक विना निष्कर्ष टुंगिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + two =