यस्तो बन्योे परमिता र बुद्धि भिलेन भएको ‘दि कर्मा’को ट्रेलर

पुस १७, काठमाडौँ । कलाकार  परमिता राज्यलक्ष्मी राणा र बुद्धि तामाङ भिलेन भएको चलचित्र ‘दि कर्मा’को ट्रेलर सार्वजनिक गरिएको छ ।   

देवकुमार श्रेष्ठले निर्देशन गरेको यस चलचित्रमा  परमिता र  बुद्धिसँगै नीता ढुंगाना, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित,  करण वर्मा लगायत कलाकारको  भूमिका रहेको छ ।   

जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा  निर्माण भएको यस चलचित्र एक्सनले भरिपूर्ण रहेको छ ।   

Related image

 शारदा खड्का अर्याल सह–निर्मातामा बनेको यस चलचित्रको कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । चलचित्रको प्रदर्शन मिति भने माघ १७ गते ताकिएको छ ।  

https://youtu.be/O86DRPm7ppM 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =