‘केपी–पीके सरकार नागरिक हत्यामा उत्रियो’

 

असार २६, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले तत्कालीन सरकार नागरिक हत्यामा उत्रिएको आरोप लगाएको छ । 

विप्लव समूहले भोजपुरमा २ कार्यकर्ताको मृत्युबारे एक विज्ञप्ति जारी गर्दै केपी–पीके सरकार एकपछि अर्को गर्दै नागरिक हत्यामा उत्रिएको आरोप लगाएको हो । 

null

प्रहरी सञ्जिव राईसँग जम्काभेट हुँदा प्रतिरोधका क्रममा निरकुमार राई (प्रशान्त) को मृत्यु भएको बिहीबार सगरमाथा ब्युरो इञ्चार्ज अधिकारका नामबाट जारी विज्ञप्तिमा दाबी गरिएको छ । 

बुधबार विप्लव समूहका सगरमाथा ब्युरो सदस्य तथा ओखलढुंगा जिल्ला समितिका सेक्रेटरी निरकुमार राईको प्रहरीसँगको झडपका क्रममा मृत्यु भएको थियो । प्रहरीले आफूमाथि आक्रमण भएपछि जवाफी फायर गरेको दाबी गरेको थियो । 

  

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *