कांग्रेसले महत्वपुर्ण तीन वटा प्रस्ताव पारित गर्यो

काठमाडौं । नेपाली कांग्रेसले महत्वपुर्ण तीन वटा प्रस्ताव पारित गरेको छ। शुक्रबार साँझ बसेको केन्द्रीय समितिको बैठकले विधान मस्यौदा बाहेकका प्रस्ताव पारित गरेको भने विधान मस्यौदामा सहमति जुटाउन कार्यदल बनाएको छ । कार्यदलले शनिबार महासमिति बैठकको बन्दसत्रमा पेश गर्ने गरी सहमति जुटाउने जिम्मेवारी पाएको छ । 

शुक्रबारको बैठकमा उपसभापति बिमलेन्द्र निधीले पेश गरेको राजनीतिक प्रस्ताव, महामन्त्री शशांक कोइरालाले पेश गरेको सांगठनिक आर्थिक नीतिसम्बन्धी प्रस्ताव र कोषाध्यक्ष सीतादेवी यादवले पेश गरेको आर्थिक प्रस्ताव पारित गरेको छ । 

सहमहामन्त्री प्रकाशशरण महतले प्रस्ताव गरेको आर्थिक नीतिसम्बन्धी प्रस्ताव यसअघिको बैठकमै पारित भइसकेको छ ।विधान मस्यौदाका विषयमा सहमति जुटाउन नसकेपछि महामन्त्री पुर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदल बनाएको छ । महासमिति बैठक शनिबार ११ बजे बस्ने तय भएको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − three =