करण जोहरको हरर ड्रामा फिल्म ‘घोस्ट स्टोरीज्’ रिलिज

माघ ६, भारत ।  करण जोहरको हरर ड्रामा फिल्म ‘घोस्ट स्टोरीज्’ नेटफ्क्सिमा रिलिज भएको छ । लभ स्टोरी फिल्ममा जमिरहेका करणले आफ्नो जनरा भन्दा बाहिर निस्किएर हरर फिल्म बनाएका थिए । तर दर्शकले यो फिल्म रुचाएनन् । दर्शकले यो फिल्म नरुचाएपछि करणले हरर फिल्म नबनाउने बताएका छन् । 

करणले घोस्ट स्टोरीज बनाउन चुनौति रहेको बताउदै भने, ‘मलाई हरर फिल्म मन पर्दैन, र म हरर फिल्म खासै हेर्दिन । त्यसैले मलाई हरर फिल्मको बारेमा धेरै जानकार थिएन् । मैले घोस्ट स्टोरीज् आफ्नो कन्फर्ट जोनबाट बाहिर निस्कनको लागि गरेको थिए । २१ वर्ष बलिउड यात्रामा मरो लागि यो फिल्म निकै चुनौति थियो ।  

अब म कहिले पनि हरर फिल्म बनाउदिन । घोस्ट स्टोरीज् मेरो पहिलो र अन्तिम हरर फिल्म हो ।’ 

Image result for ‘घोस्ट स्टोरीज’

करण जोहर, दिवाकर बनर्जी, अनुराग कश्यप र जोया अख्तरले सयुक्त रुपमा निर्देशन गरेको फिल्ममा जाह्नवी कपूर, मुणाल ठाकुर, अविनाश तिवारी, सोभिात धुलिपालको मुख्य भुमिका छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =