भरतपुर महानगरपालिका वडा नम्बर २८ को भवन शिलान्यास

माघ २८, चितवन । भरतपुर महानगरपालिकाकी नगर प्रमुख मेयर रेनु दाहालले व्यवस्थित र सुविधासम्पन्न वडा कार्यालय सुशासनको आधार भएको बताएकी छिन् ।
भरतपुर महानगरपालिका वडा नम्बर २८ को वडा कार्यालय भवन शिलान्यास कार्यक्रमलाई मेघौलीमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
null
सुशासनको आधार भनेको व्यवस्थित र सुविधासम्पन्न कार्यालय भएको बताउँदै उनले महानगरपालिकाले अभियानको रूपमा वडा कार्यालयहरू निर्माण गरिरहेको जानकारी दिइन् ।
मेयर दाहालले निर्माणाधीन वडा कार्यालय गुणस्तरीय ढंगले समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै त्यसको रेखदेख र अनुगमन गर्न वडा समिति र प्राविधिकहरू लाई निर्देशन समेत दिइन् ।
महानगर प्रमुख दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सुरु भइसकेको उनले जानकारी दिइन् ।
दाहालले धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्ने क्रिकेट रंगशालाको लागि आवश्यक सहयोग र सहकार्य भरतपुर महानगरको रहने बताएकी थिइन् ।








