डोल्पामा काँग्रेस र एमाले कार्यकर्ता बिच झडप

मङ्सिर ७, डोल्पा । डोल्पामा काँग्रेस एमालेका कार्यकर्ताबीच झडप भएको छ । आसन्न निर्वाचनको प्रचारप्रचार गर्ने क्रममा उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत कागकोटमा झडप भएको हो ।

होटेलमा खाना खाने क्रममा झडप भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ठुलीभेरी नगरपालिका-८ का जीवन भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ । सामान्य घाइते भएका भण्डारीको जिल्ला अस्पतालमा उपचारका लागि पठाएको छ ।

काँग्रेस सभापति अंगत बुढाले उपल्लो डोल्पाका मतदान केन्द्रमा बस्ने एजेन्टहरुको पत्र लिएर गएका कार्यकर्तालाई एमाले कार्यकर्ताले कुटपिट गरी एजेन्ट पत्रसमेत च्यातिदिएको बताए । घाइते भण्डारीसँगै गएका सूर्य टमाटा,राणाजी बुढा, हिराचन भण्डारीलाई रातभरि रुखमा बाधेर हत्या गर्ने प्रयास गरिएको काँग्रेसले जनाएको छ ।

यता स्थानीय प्रशासनले सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारेको बताइ रहँदा काँग्रेसले भने मतदाता र एजेन्टको सुरक्षाको ग्यारेन्टी नलिए उपल्लो डोल्पाबाट चुनावमा सहभागी नुहँने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twelve =