हातहतियार तथा विष्फोटक पदार्थ बरामद, घरधनी फरार

मङ्सिर ६, मकवानपुर । मनहरी गाउँपालिका वडा नम्बर २ बस्ने अन्दाजी ३० वर्षीय इमान बहादुर थिङ्गको घरमा बुधवार प्रहरीले खानतलासी गर्दा हातहतियार तथा विष्फोटक पदार्थहरु बरामद गरेको छ ।

बिष्फोटक पदार्थ लगायत हातहतियार समेत लुकाई छिपाई राखिएको छ भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी पदमपोखरी र लेबटबाट खटिएको प्रहरी टोलीले थिङ्गको घरमा खानतलासी गर्न पुगेकाे थियाे । निजकाे घरमा अानतलासी गर्दा कटुवा बन्दुक १ थान, सोही कटुवामा लाग्ने १२ बोरको गोली ३ राउण्ड, ३७ नम्बरको डेटोनेटर ३ थान, २७ नम्बरको डेटोनेटर २ थान, बिजुलीको तार अन्दाजी २ सय मिटर, सकेट पाईप १ थान, सर्किट व्याट्रि २ थान, जिलेटिन पहेलो रङको १ सय ग्राम, डेटकर्ड तार २ मिटर, बारुद बनाउने सेतो रङको कच्चा पदार्थ ३ सय ग्राम, कालो रङको बारुद १ सय ५० ग्राम, एस.एल.आर.राईफलको पुरानो म्याग्जिन १ थान, ईन्सास राईफलको पुरानो म्याग्जिन १ थान, राईफलको तेल २ सय मिलि लिटर, नेपाली सेनाको पाईन्ट १ थान, सशस्त्र प्रहरीको चुस्ताको सर्ट १ थान, जनमुक्ति सेनाको कमब्याडको टोपी २ थान बरामद गरेकाे छ । साथै, हाम्रो संश्लेषण र साम्यवादका विशेषताहरू लेखिएको किताब १/१ थान बरामद भएकाे छ ।

घरधनी इमान बहादुर थिङ्ग घरमा फेला नपरेको र थिङ्ग द्वन्द्वको समयमा जनमुक्ति सेनामा रहेकोमा हाल नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का सक्रिय कार्यकर्ता भएको भन्ने बुझिन आएको छ । हाल उनको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 19 =