बालकृष्ण ढुंगेल पक्राउ

“
कार्तिक १४, काठमाडौं । सर्वाेच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । ओखलढुंगाका उज्ज्वन कुमार श्रेष्ठको हत्याको अभियोगमा सजाय सुनाइएका ढुंगेल अहिलेसम्म ‘फरार’ थिए ।
ढुंगेल पक्राउ परेको बारे उनका आफन्तले जानकारी दिएपनि प्रहरीले भने पुष्टि गरेको छैन । ललितपुरको सातदोबाटोबाट मंगलबार बिहान सादा पोसाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको ढुंगेलका एक आफन्तले बताए ।
२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। तर पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको १० असार २०५५ मा हत्या भएको थियो ।
“








