यसकारण नआउने भयो पूरक बजेट
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज २० । अर्थ मन्त्रालय र योजना आयोगले आन्तरिक गृहकार्य गरिरहेकै बेला बनेको बाम गठबन्धनले पूरक बजेट ल्याउने सम्भावना टारिदिएको छ ।
सत्ता घटक माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष एमालेसँग केहि दिनअघि गठबन्धनको घोषणा गरेसँगै पूरक बजेटको सम्भावना टरेको खबर आजको कान्तिपुरमा छ ।
अर्थ मन्त्रालय र योजना आयोगका अधिकारीले कर्मचारीलाई तत्काल यसको सम्भावना टरेको जानकारी गराइसकेका छन् ।
निर्वाचन आचारसंहिता लागिसकेको अवस्थामा आयोगको सहमतिबिना पूरक बजेट ल्याउन नपाइने व्यवस्था छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








