१० वर्षभित्र १२ हजार मेगावाट विजुली वितरण गर्न सक्ने प्रणाली विस्तारको घोषणा

काठमाडौं, भदौ २९ । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले १० वर्षभित्र १२ हजार मेगावाट विजुली वितरण गर्न सक्ने प्रणाली विस्तारको घोषणा गर्नुभएको छ । आफ्नो एक वर्षको कार्यकालको समीक्षा गर्न आयोजित पत्रकार सम्मेलनमा घिसिङले देशभित्र विद्युतको उत्पादन बढाउँदै खपतका लागि आन्तरिक प्रणालीलाई चुस्त र ब्यापक बनाउने बताउनुभयो ।

उहाँले अगामी वर्ष विजुली चुहावट थप ३ प्रतिशत घटाउने योजना पनि सुनाउनुभयो । प्राधिकरण अनलाइन विजुली महशुलको व्यवस्थापनसहित स्मार्ट मिटर र ग्रीडको लागि पनि लागेको उहाँको भनाइ थियो ।प्राधिकरणले उत्पादन लागतका आधारमा विजुलीको शुल्क समायोजनका लागि पनि पहल गर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =