सुमोले ठक्कर दिँदा दुई विद्यार्थी घाइते, वीपी राजमार्ग अवरुद्ध

फागुन १, सिन्धुली । विपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डमा सुमोले ठक्कर दिँदा दुई विद्यार्थी घाइते भएका छन् । अध्ययनका लागि हिँडेका सिन्धुली बहुमुखी क्याम्पसका रोजिना कार्की र मनिता थापा घाइते भएका हुन् ।
विद्यार्थीलाई ठक्कर दिएर बा३च ६७५१ नंको टाटासुमो फरार भएपछि अन्य विद्यार्थीले राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन् । विद्यार्थीले दोषीलाई कारवाही, विद्यार्थीको उपचारको माग गर्दै सडकमा उत्रिएर राजमार्ग अवरुद्ध पारेका हुन् ।
घाइतेमध्ये रोजिनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौँ पठाइएको र मनिताको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।
null
सुमोलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । सुमो र सुमो चालकलाई सिन्धुलीमाढीबाट काठमाडौँतर्फ जाँदै गर्दा सिन्धुलीगढी नजिकबाट नियन्त्रणमा लिएको र आवश्यक कारवाही गरिने बताइएको छ ।








