सर्वोच्चद्वारा विशेष अदालतको फैसला सदर : पूर्वसभासद कार्की भ्रष्टाचारी ठहर

काठमाडौं, १८ असार । पहिलो संविधानसभामा तत्कालीन एमालेका सभासद डोलबहादुर (डीबी) कार्कीलाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले मंगलबार विशेष अदालतको फैसला सदर गरी कार्कीलाई भ्रष्टाचारी ठहर गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६७ फागुनमा कार्की र उनका सहयोगी स्वामी ब्रह्मानन्द उदासिनलाई ‘प्रहरी निरीक्षक बनाइदिन्छु’ भन्दै पैसा असुलिरहेका बेला रंगेहात पक्राउ गरेको थियो । काठमाडौंको भिमसेनगोलास्थित घरबाटै कार्की १ लाख रुपैयाँसहित पक्राउ परेका थिए । विशेष अदालतमा कार्की र उदासिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।विशेष अदालतले २०६७ सालमै कार्की र उनका सहयोगीलाई भ्रष्टाचारी ठहर गरी ६ महिना कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो । कार्कीले विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएका थिए । सर्वोच्चका न्यायाधीशद्वय कार्की र रेग्मीको इजलाशले विशेष अदालतको फैसला हुबहु सदर गरेको हो ।कार्की पहिलो संविधानसभामा तत्कालीन एमालेका तर्फबाट समानुपातिक सिटबाट सभासद थिए । त्यतिबेला तत्कालीन एमालेकै नेता भीम रावल गृहमन्त्री थिए । रावललाई भनेर प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै कार्कीले घूस लिएका हुन् । त्यतिबेला नेपाल प्रहरीमा ८० प्रहरी निरीक्षक पदका लागि भर्ना खुलेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *