नेकपाले बोलायो बुधबारका लागि स्थायी समिति बैठक
२०७७ वैशाख ३० गते

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी समिति बैठक बोलाएको छ। बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ।
यसअघि वैशाख २५ का लागि बोलाइएको स्थायी समिति बैठक आवश्यक तयारी नपुगेको भन्दै अन्तिम घडीमा स्थगित गरिएको थियो। नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेलले आफूलाई बुधबार स्थायी समिति बैठक बस्ने जानकारी आएको बताए।
बैठकमा सरकारको नीति तथा कार्यक्रम र नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक निर्माण गरेको विषयमा छलफल हुने बुझिएको छ। यसअघि २० जना स्थायी समिति सदस्यले लिखित रूपमा बैठक बोलाउन माग गरेका थिए।
२०७७ वैशाख ३० गते
प्रतिक्रिया








