हिरोले नेपालमा ल्यायो ‘भिडा’का विद्युतीय स्कुटर र अफ–रोड मोटरसाइकल

काठमाडौँ । Hero MotoCorp द्वारा प्रवर्द्धित विद्युतीय दुईपांग्रे ब्रान्ड VIDA ले आफ्नो अन्तर्राष्ट्रिय यात्राको सुरुआत गर्दै नेपालमा औपचारिक प्रवेशको घोषणा गरेको छ 

नेपाल VIDA को पहिलो अन्तर्राष्ट्रिय बजार बनेको छ । कम्पनीले नेपाली बजारमा आफ्नो दैनिक प्रयोगका लागि उपयुक्त VIDA VX2 EVOOTER सिरिज तथा युवापुस्ता लक्षित विद्युतीय अफ-रोड मोटरसाइकल VIDA DIRT.E K3 सार्वजनिक गरेको हो

नेपालमा VIDA का उत्पादनहरू चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्स (CG Motors) मार्फत आधिकारिक रूपमा वितरण तथा बिक्री-वितरण हुनेछन्

नेपाली ग्राहकको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राख्दै कम्पनीले VIDA VX2 E-Scooter सिरिज तथा युवापुस्तालाई लक्षित VIDA DIRT.E K3 विद्युतीय अफ–रोड मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराएको छ।

दैनिक आवतजावतका लागि डिजाइन गरिएको VIDA VX2 E-Scooter मा अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज, शक्तिशाली कार्यक्षमता तथा उच्च गुणस्तर समावेश गरिएको कम्पनीको दाबी छ। यही गुणस्तरका आधारमा यसले विश्वप्रसिद्ध अनुसन्धान संस्था JD Power को Two-Wheeler Initial Quality Study मा उत्कृष्ट स्थान हासिल गरेको कम्पनीले जनाएको छ ।

यस्तै, VIDA DIRT.E K3 ले युवापुस्तालाई सुरक्षित, रोमाञ्चक तथा पूर्ण रूपमा विद्युतीय अफ–रोड राइडिङ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ ।

Hero MotoCorp को Emerging Mobility Business Unit की प्रमुख कौशल्या नन्दकुमार ले VIDA को अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु हुनु कम्पनीका लागि गर्वको विषय भएको बताइन् । नेपाल विद्युतीय सवारीसाधनको बढ्दो बजार भएकाले यहाँ भारतीय इन्जिनियरिङ र डिजाइनमा आधारित प्रिमियम विद्युतीय दुईपांग्रे सवारी उपलब्ध गराउन पाउँदा उत्साहित रहेको उनले बताइन् ।

त्यस्तै, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाल दिगो तथा हरित यातायाततर्फ तीव्र रूपमा अघि बढिरहेको उल्लेख गर्दै VIDA को आगमनले यस अभियानलाई थप गति दिने विश्वास व्यक्त गरे । Hero MotoCorp सँगको सहकार्यलाई VIDA मार्फत अझ सुदृढ बनाउँदै नेपालको हरित भविष्य निर्माणमा योगदान पुर्‍याउने उनको भनाइ थियो ।

VIDA VX2 E-Scooter का विशेषता

VIDA VX2 दुई भेरियन्ट—VX2 Plus र VX2 Go-मा उपलब्ध हुनेछ ।

VX2 Plus मा ४.४ kWh क्षमताका दुईवटा निकाल्न मिल्ने ब्याट्री छन्, जसले करिब १४० किलोमिटरको वास्तविक रेन्ज प्रदान गर्छ। यसको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ भने ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति लिन ३.१ सेकेन्ड लाग्छ ।

VX2 Go मा २.२ kWh क्षमताको निकाल्न मिल्ने ब्याट्री रहेको छ, जसले करिब ७५ किलोमिटरको वास्तविक रेन्ज दिन्छ। यसको अधिकतम गति ७० किलोमिटर प्रतिघण्टा रहेको छ भने ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति लिन ४.२ सेकेन्ड लाग्छ ।

दुवै मोडलमा DC फास्ट चार्जरमार्फत ६५ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, घरमै सामान्य ५ एम्पियरको सकेट प्रयोग गरेर पनि निकाल्न मिल्ने ब्याट्री चार्ज गर्न सकिने सुविधा रहेको छ।

यी स्कुटरमा My VIDA App, नेभिगेसन, Geo-fencing, कल तथा एसएमएस सूचना र Over-the-Air (OTA) अपडेटजस्ता स्मार्ट कनेक्टेड सुविधाहरू उपलब्ध छन् ।

VIDA DIRT.E K3 का विशेषता

VIDA DIRT.E K3 विशेषगरी युवापुस्ताका लागि विकसित विद्युतीय अफ–रोड मोटरसाइकल हो ।

यसमा प्रयोगकर्ताको उमेर र शारीरिक बनावटअनुसार तीन फरक साइजमा समायोजन गर्न सकिने Adaptive System उपलब्ध छ। Parental Control सुविधामार्फत अभिभावकले मोबाइल एप प्रयोग गरी गति नियन्त्रण र स्पिड मोड चयन गर्न सक्छन् ।

यसमा तीनवटा स्पिड मोड छन् । Mode 1 मा ८–९ किलोमिटर प्रतिघण्टा, Mode 2 मा १७–१८ किलोमिटर प्रतिघण्टा र Mode 3 मा २३–२४ किलोमिटर प्रतिघण्टाको गति प्राप्त गर्न सकिन्छ ।

बाइकमा ३५० वाटको मोटर र निकाल्न मिल्ने ३६० Wh ब्याट्री जडान गरिएको छ, जसले एकपटक चार्ज गर्दा करिब तीन घण्टासम्म राइडिङ सुविधा प्रदान गर्छ । २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन करिब दुई घण्टा लाग्ने कम्पनीले जनाएको छ ।

VIDA DIRT.E K3 ले Red Dot Design Award 2025 र CES Innovation Award 2026 जस्ता अन्तर्राष्ट्रिय सम्मान पनि प्राप्त गरिसकेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =