किसानलाई सावधानी अपनाउन आग्रह

काठमाडौं । कृषि सूचना केन्द्रले देशभर मनसुनको अवस्था र सम्भावित जोखिमबाट सावधानी अपनाउन खाद्यबाली उत्पादक तथा पशुपालक किसानलाई आग्रह गरेको छ ।

केन्द्रले देशभर यससाता मनसुनी वायुको प्रभाव रहने भएकाले आफ्ना उत्पादनलाई सुरक्षित भण्डारण गर्न सुझाव दिएको छ ।

अधिकृत सञ्जीव पण्डितका अनुसार एक लाख किसानलाई मोबाइल एसएमएसबाट मनसुनबाट हुनसक्ने क्षति न्यूनीकरण गर्ने सन्दर्भमा सावधानी अपनाउनबारे सन्देश प्रवाह गरिएको छ ।

केन्द्रले आफ्ना अन्नबाली र तरकारीमा क्षति हुन नदिन भल र भेलको पानी निकासको उचित व्यवस्था मिलाउनसमेत किसान आग्रह गरेको छ ।

मकैबाली, तरकारी तथा फलफूल बगैँचालगायत प्लाष्टिक घर, पशुपन्छीका गोठ–खोर वरिपरि पानी जम्न नदिन निकासको उचित प्रबन्ध गर्न आग्रह गरेको केन्द्रले वर्षात्को समयमा गाई भैँसीमा रोग देखापरेमा यथाशक्य छिटो पशु सेवा कार्यालयबाट त्यससम्बन्धी सेवा लिन सल्लाह दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 1 =