पीडितको हित हुने गरी सहकारी विधेयक अगाडि बढाउन एमालेको माग

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले) ले पीडित बचतकर्ताको हित हुने गरी सहकारी विधेयक अगाडि बढाउन सरकारसँग माग गरेको छ ।

प्रतिनिधि सभाको बिहीबार को बैठकमा सहकारी (पहिलो संशोधन) विधेयकमाथिको दफावार छलफलमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सो माग राखेकी हुन् । उनले सहकारी संस्थाको रकम आफन्तको नाममा राखिएको मात्र आधारमा सञ्चालकलाई कारबाही नगरी संलग्नता स्पष्ट प्रमाणित भएपछि मात्रै कानुनी कारबाही गर्नुपर्ने व्यवस्था गर्नुपर्ने समेत बताइन् ।

उनले सहकारी संस्थाका सञ्चालक वा कर्मचारीले पदीय पहुँचको दुरुपयोग गर्दै बचतकर्ताको रकम अन्यत्र हस्तान्तरण गर्ने तथा सम्पत्ति ओझेल पार्ने प्रवृत्ति देखिएको समेत बताइन् । यस्तो प्रवृत्ति रोक्न घटनामा संलग्नता पुष्टि भएपनि आफन्त वा नातेदारलाई समेत कारबाही गर्न सकिने व्यवस्था गर्न सकिने उनको भनाइ छ ।

उनले भनिन्, ‘परिवार वा निजका व्यक्तिको नाम वा नजिकका व्यक्तिको नाममा रकम भएमा पहिले संलग्न स्पष्ट प्रमाणित वा साक्षी प्रमाणित हुनुपर्ने अनिवार्यताको सहकारी संस्थाका सञ्चालक वा कर्मचारी पदीय पहुँचको दुरुपयोग गरी बचतकर्ताको रकम अन्यत्र हस्तान्तरण गर्ने वा सम्पत्ति ओझेल पार्ने प्रवृत्ति देखिएकाले संलग्नता प्रमाणित भएपछि मात्र कारबाही गर्न सकिने व्यवस्था गर्नु आवश्यक छ । ’

उनले विधेयकमा त्रुटिहरू हटाई सहकारी क्षेत्रमा विद्यमान समस्या हल गर्नेगरी विधेयकलाई समृद्ध बनाउनुपर्ने बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 1 =