मन्त्री, सांसदहरूको सवारीका लागि साइकलको व्यवस्था गरौँ: नेकपा सांसद विश्वकर्मा

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीहरूको सवारी साधनका लागि साइकलको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

सरकारले अर्बौँको गाडीहरू खरिद गर्न लागेको समाचार बाहिर आएको उल्लेख गर्दै उनले वर्तमान सरकारका मन्त्रीहरू र सांसदहरू पनि जेन–जी पुस्ताका भएकाले उनीहरूका लागि साइकलको व्यवस्था गर्न उपयुक्त हुने जिकिर समेत गरे ।

बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद विश्वकर्माले अर्बौँको गाडी जलाएर खरानी बनाउनेहरूले फेरि अर्बौँको गाडी खरिद गर्ने तयारी गरेको भन्दै आपत्ति जनाए । उनले नागरिक सिटामोल खान नपाएर मर्नुपर्ने अवस्था रहेको बेला सरकारले पनि सुखसयल र मनोरञ्जनका लागि गाडी खरिद गर्न लागेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

सांसद विश्वकर्माले भने ‘सुशासनको बैसाखीमा अडिएको हाम्रो सरकारले अर्बौँको गाडीहरू किन्दैछ भन्नेकुराहरु आइराखेको छ । अर्बौैंको गाडीहरू जलाएर खरानी बनाएको छ । र फेरि अर्बौँको गाडी किन्दैछ भन्ने खबरले सनसनी पैदा गराएको छ । आज सुकुम्वासीहरू खाना नपाएर तड्पी रहेका छन् । सिटामोल नपाएर मर्नु परिराखेको छ । ओत लाग्न नपाएर बिरामी परिरहेका छन् । यो अवस्थालाई नहेरेर आफ्नो सुखसयल र मनोरञ्जनका लागि गाडी खरिद गर्दैछ । यो विडम्बना हो । हाम्रो नयाँ सरकारले नयाँ काम भनेको अव मन्त्री, सांसदहरू जेन–जी हुनुहुन्छ । साइकल किन्नु पर्यो अव । साइकल किनेर सरर हिन्ने । साइकलमा जाने, साइकलमा नै आउने । बरु चन्दाबाट पुनर्निर्माण भए सिंहदरबार पनि यहीबाट निर्माण होस । म यहीँ भन्न चाहन्छु हाम्रो सरकारलाई ।’

सांसद विश्वकर्माले सरकारले सुशासनको कुरा गरेपनि सोही अनुसारको व्यवहार देखाउन नसकेको जिकिर पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eight =