सरकारले सबै आधारभुत अस्पतालको निर्माण कार्य सम्पन्न गर्नुपर्दछः देवकोटा

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद सम्झना देवकोटाले निर्माणाधीन आधारभूत स्वास्थ्य अस्पतालको निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने गरी बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले उक्त माग गरेकी हुन् ।

आमा सुरक्षा, ज्येष्ठ नागरिक सुरक्षा, गर्भवती, नवजात शिशु सुरक्षा जस्ता सेवाहरू दिनका लागि पनि सरकारले उक्त अस्पतालहरूको निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने सांसद देवकोटाको भनाइ थियो ।

उनले सरकारले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच अभिवृद्धि गर्न पनि त्यस क्षेत्रमा थप बजेटको व्यवस्था गर्न आवश्यक रहेको बताइन् ।

सांसद देवकोटाले स्वास्थ्य संस्थाहरूको पूर्वाधार निर्माणमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 16 =