सरकारले सुकुम्वासीको तत्कालको समस्या सम्बोधन हुनेगरी बजेटको व्यवस्था गर्न सकेन: जयन्तीदेवी राई

काठमाडौँ । विपक्ष नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद जयन्तीदेवी राईले सरकारले सुकुम्वासीहरूको तत्कालीन समस्या पनि सम्बोधन गर्न नसक्ने दाबी गरेकी छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकमा विभिन्न मन्त्रालयहरूको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिने क्रममा उनले सरकारले विनियोजन गरेको बजेटले सुकुम्वासीहरूको तत्कालको समस्या पनि समाधान गर्न नसक्ने देखिएको स्पष्ट पारेकी हुन् ।

सांसद राईले शिक्षा क्षेत्रमा समेत सरकारले गत वर्षको भन्दा पनि बजेट घटाएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले सरकारले विनियोजन गरेको आगामी आर्थिक वर्षको बजेटले शिक्षा नीतिलाई सम्बोधन गर्न सक्ने अवस्था नरहेको जिकिर पनि गरिन् ।

सांसद राईले भनिन् ‘सरकारले सुकुम्वासीहरूको समस्या समाधान गर्ने अहिले पनि देखिएन । किनभने उनीहरूलाई पुग्ने बजेट नै सरकारले व्यवस्था गरेको छैन । हुन त यो सरकार विनाशबाटै उत्पन्न भएको विकासभन्दा ध्वंसमा रमाउने, हाँसो र खुसी भन्दा आँसुमा रमाउने सरकारलाई भन्न पनि त्यति हामीले पर्दैन होला जस्तो लाग्दछ । शिक्षाको मात्रै कुरा गर्दा माननीयमन्त्रीहरु सबै पढेलेखेका हुनुहुन्छ । जान्ने, बुझ्ने, विदेश बसेर पढ्नुभएको, विदेशको अनुभव पनि धेरै होला । जान्नेलाई छानेका छन् । अहिले सरकारमा भएका मन्त्रीज्युहरु । तर पनि धेरै कुराहरू त विदेशको नक्कल गर्नुभएको छ । यो शिक्षामा पनि बजेट बनाउँदा त्यहाँको नक्कल गरिदिएको भए कति हुने थियो । शिक्षामा बजेट गत सालको भन्दा पनि दुई प्रतिशत बजेट घटाउनुभएको छ । यसले आजको शिक्षा नीतिलाई सम्बोधन गर्दछ ?’

सांसद राईले वर्तमान सरकार विनाश गरेर आएको आरोप लगाउँदै उसले जनताको हाँसो र खुसीमा भन्दा पनि आँसुमा रमाउने गरेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 9 =