सम्पती शुद्धीकरण निवारण विधेयक सरकारले पर्याप्त तयारीबिनै हतारमा ल्यायोः सांसद बराल
२०८३ असार १८ गते

काठमाडौं । नेकपा (एमाले)का सांसद गुरु बरालले सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण विधेयक सरकारले पर्याप्त तयारीबिनै हतारमा ल्याएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि संशोधन प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले २०६४ देखि कार्यान्वयनमा रहेको ऐनबाट प्राप्त अनुभवका आधारमा विधेयकलाई समृद्ध बनाएर ल्याउनुपर्नेमा सरकारले तथ्यको तोडमोड गरी विधेयक ल्याएको टिप्पणी गरे ।
उनले सम्पती शुद्धीकरण नियन्त्रणको विषयलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिँदै भ्रष्टाचारमुक्त र सुशासनयुक्त राज्य निर्माणका लागि एमाले विधेयकको पक्षमा रहे पनि तथ्यगत त्रुटि सच्याउन सरकारसँग माग गरेका छन् ।
२०८३ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित








