९ करोड क्लबमा स्वस्तिमाको ‘लालीबजार’, अन्य चलचित्रको व्यापार कति?

काठमाडौँ । नेपालभरका सिनेमा हलहरूमा प्रदर्शन भइरहेका चलचित्रहरूको साप्ताहिक बक्स अफिस रिपोर्ट सार्वजनिक गरिएको छ ।

सिनेमा @बक्सअफिसद्वारा जारी गरिएको विवरण अनुसार गत वैशाख १८ गतेदेखि प्रदर्शनमा आएको अभिनेत्री स्वस्तिमा खड्काको चलचित्र लालीबजारले ३११४०३ वटा टिकेट बिक्री गर्दै ९ करोड, १६ लाख ६५५.५७ रुपैयाँको व्यापार गरेको छ ।

यो हाल प्रदर्शनरत चलचित्रहरू मध्य सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने चलचित्र हो ।

त्यस्तै गत ज्येष्ठ १५ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘रोल नं १’ ले ४७१५१ वटा टिकेट बिक्री गर्दै १ करोड ३५ लाख १५ हजार ९ सय ९३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

त्यसो त, अभिनेता दयाहाङ राई , सौगात मल्ल र डान्सर टेरिया मगर अभिनीत चलचित्र ‘मितज्यू’ ले ४६१५४ वटा टिकेट बिक्री गर्दै १ करोड ३२ लाख ५३ हजार ३४२.२५ रुपैयाँको व्यापार गरेको छ ।

त्यस्तै जेठ ८ गतेबाट प्रदर्शनमा आएको अभिनेता विपिन कार्कीको चलचित्र ‘काजी’ ले ४४ लाख ४८ हजार ६० रुपैयाँको ग्रस कलेक्सन गरेको छ भने १४३२४ वटा टिकेट बिक्री गरेको छ ।

अभिनेत्री सुरक्षा पन्तको चलचित्र ‘लाइफ ड्यामेज’ ले भने ११ हजार ३ सय ७१ वटा टिकेट बिक्री गर्दै ३४ लाख ६६ हजार २९० रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

त्यस्तै चलचित्र ‘कुम्भ’ ले दर्शक रिझाउन सकेको देखिदैँन् । यस चलचित्रले जम्मा १ हजार ६ सय ७१ वटा टिकेट बिक्री गर्दै ३ लाख ९१ हजार १० रुपैयाँको व्यापार गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seven =