जहाँ कोशीको दृश्य र माछाको स्वादले मन लोभ्याउँछ (तस्बिरहरू)
२०८३ जेठ २० गते

सुनसरी। पूर्वी नेपालको सुनसरी र सप्तरी जिल्लाको सीमामा रहेको कोशी ब्यारेज नेपालकै महत्त्वपूर्ण जल संरचनामध्ये एक हो।
सन् १९६२ मा निर्माण सम्पन्न भएको यो ब्यारेजले कोशी नदीको बहाव व्यवस्थापन, बाढी नियन्त्रण तथा सिँचाइमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
करिब १.१५ किलोमिटर लम्बाइको यस संरचनामा ५६ वटा ढोका (स्पान) रहेका छन्।
प्राकृतिक सौन्दर्य, विशाल नदीको दृश्य र आसपास पाइने विभिन्न प्रजातिका चराचुरुङ्गीका कारण कोशी ब्यारेज पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ।
विशेष गरी यहाँ पाइने ताजा नदी माछाको स्वाद लिन पर्यटकहरू पुग्ने गर्छन्।
साँझपख नदीको किनारमा बसेर कोशीको मनोरम दृश्यसँगै स्थानीय परिकारको स्वाद लिन पाइने भएकाले कोशी ब्यारेज अहिले घुमफिर र माछा खाने लोकप्रिय गन्तव्यका रूपमा परिचित छ।
तस्बिरहरुः–


२०८३ जेठ २० गते
प्रतिक्रिया
सम्बन्धित








