लाफ्टर फर लाइफ द मोटिभेसन कार्यक्रम आज बुटवलमा, प्रवेश निशूल्क

काठमाडौं । मकालु खबरको आयोजनामा भइरहेको ‘लाफ्टर फर लाइफ द मोटिभेसन’ कार्यक्रम आज बुटवलमा हुने भएको छ । गत १० गते काठमाडौंको प्रज्ञा भवनबाट औपचारिक रूपमा सुरु भएको कार्यक्रम आज १ बजे बुटवलको सिद्धार्थ कटेजमा हुने भएको हो ।

युवाहरूलाई मनोरञ्जनसँगै सकारात्मक जीवनदृष्टि, प्रेरणा र व्यवहारिक सन्देश दिने उद्देश्यसहित आयोजना गरिएको यो कार्यक्रममा प्रवेश निशूल्क रहेको छ ।

कार्यक्रमको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिङ्क रहेको छ भने पावर्ड बाई पार्टनरमा यशोदा फुड्सद्वारा उत्पादित करेन्ट चाउचाउ जोडिएको छ ।

एसोसिएट पार्टनरका रूपमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कार्यक्रममा काठमाडौँ मेडिकल कलेज स्वास्थ्य साझेदारका रूपमा रहेको छ भने राजधानी मोडल कलेज शैक्षिक साझेदारका रूपमा जोडिएको छ । शैक्षिक परामर्शदाता संस्थाका रूपमा राइटपाथ करिअर काउन्सिलिङ रहेको छ ।

फोर ह्वीलर पार्टनरमा जिली इएक्स–५ (एलआरआर मोटर्स) रहेको छ । राइड पार्टनरमा सेफ राइड जोडिएको छ । एयरलाइन्स पार्टनरका रूपमा यति एयरलाइन्स रहेको छ ।

त्यस्तै, कार्यक्रमसँग श्री केश हेयर ओयल, होन्डा बाइक, गोल्डेन ओक र ब्लू डायमण्ड लगायतका ब्रान्डहरूले पनि सहकार्य गरेका छन् । यसअघि कार्यक्रम काठमाडौं र पोखरामा सम्पन्न भइसकेको छ । त्यस्तै, आज बुटवलमा कार्यक्रम सकिएपछि १७ गते चितवन, १९ गते वीरगन्ज, २१ गते बिर्तामोड र २२ गते इटहरीमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 4 =