घरेलु मैदानमा नेपाल पदकविहीन
२०८३ जेठ १५ गते

काठमाडौँ । राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगितामा घरेलु टोली नेपाल पदकविहीन बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको तेस्रो स्थानको प्रतिस्पर्धामा भारतसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो ।
भारतले नेपाललाई पहिलो सेट २५–२२ ले पराजित ग¥यो भने खेलको दोस्रो सेट २५–२३ ले जित्यो । त्यसैगरी खेलको तेस्रो सेटमा नेपाल २५–१५ ले जित्यो ।
खेलको चौथो सेट भने भारतले नेपालमाथि २५–२२ को जित निकाल्यो ।
यस जितसँगै भारतले प्रतियोगितामा तेस्रो स्थान हासिल गर्दा नेपाल भने चौथो स्थानमा रह्यो । यसअघि हिजो भएको सेमिफाइनलमा इरानसँग नेपाल ३–० को सेटमा पराजित भएको थियो ।
२०८३ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








