मतदाता नामावली (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ ।

सभाको बुधवारको बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत रूपमा स्वीकृत गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय, संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका लागि अध्यादेश तत्कालीन सरकारले अध्यादेश जारी गरेको जानकारी गराउँदै उक्त व्यवस्थाका लागि विधेयक अघि सारिएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =