पोथी फकाउन गुँड बुन्ने तोप चरा (तस्बिरहरू)

चराहरूको ‘इन्जिनियर’ भनेर चिनिने तोप चरा भँगेरा वर्गमा पर्ने आकर्षक चरा हो।

काठमाडौँ। चराहरूको ‘इन्जिनियर’ भनेर चिनिने तोप चरा भँगेरा वर्गमा पर्ने आकर्षक चरा हो। धादिङतिर यसलाई ‘तोलायुँ’ भनेर चिनिन्छ भने कतै ‘सुजेरो’ र ‘बकेचो’ नामले पनि चिन्ने गरिन्छ। पूर्वी तराई क्षेत्रमा भने यही चरालाई ‘चोंची’ भन्ने चलन छ।

समूहमा बस्न रुचाउने तोप चराले प्रायः अग्ला रूख, बाँस वा पानी नजिकका स्थानमा झुन्डिएका कलात्मक गुँड बनाउँछन्। तिन्का, घाँस र पातलाई बुनेर बनाइने यसको गुँड प्रकृतिको अनुपम शिल्पझैँ देखिन्छ।

शाकाहारी स्वभावको तोप चराको मुख्य आहार धान तथा साना गेडागुडी हुन्। अन्नबाली र पोखरी आसपास बस्न मन पराउने यी चराले कीरा–फट्याङ्ग्रा भने खासै खाँदैनन्।

तोप चरामा भाले र पोथीको स्वरूप फरक देखिन्छ। भालेको टाउको र घाँटी वरिपरि पहेँलो तथा चम्किलो हुन्छ भने पोथीको रङ्ग अपेक्षाकृत सादा र फुस्रो हुन्छ।

विशेष कुरा त के भने, रुखमा झुन्डिएका आकर्षक गुँडहरू भाले तोप चराले नै बनाउने गर्छन्। प्रजननको समयमा पोथीलाई आकर्षित गर्न भालेले निकै मेहनत गरेर सुन्दर गुँड तयार पार्छ। पोथीले मन परेको गुँड रोजेपछि त्यहीँ फूल पार्छे। यदि गुँड मन परेन भने भालेले फेरि अर्को नयाँ गुँड बनाएर पोथी फकाउने प्रयास जारी राख्छ।

तस्बिरहरू:-

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 10 =