गुण्डुमा एमाले सचिवालय बैठक (तस्बिरहरू)

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा सुरु भएको छ ।

बैठकमा पार्टीको साङ्गठनिक कार्यविभाजन, विभिन्न कार्यदल गठन तथा पछिल्लो राजनीतिक घटनाक्रमलगायत समसामयिक विषयमा छलफल भइरहेको एमाले स्रोतले जनाएको छ ।

विशेषगरी पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण, जिम्मेवारी बाँडफाँट तथा वर्तमान राजनीतिक परिस्थितिबारे ठोस निर्णय लिन बैठक आह्वान गरिएको बताइएको छ ।

बैठकको कार्यसूचीअनुसार यसअघि पदाधिकारीहरूले उठाएका प्रश्न र जिज्ञासाको सम्बन्धमा अध्यक्ष ओलीले धारणा राख्ने कार्यक्रम रहेको छ । साथै बैठकले पार्टीको साङ्गठनिक संरचनालाई थप व्यवस्थित बनाउन आवश्यक कार्यविभाजन र विभिन्न कार्यदल गठनसम्बन्धी निर्णय गर्ने अपेक्षा गरिएको छ ।

एमालेभित्र पछिल्लो समय संगठन विस्तार, जनपरिचालन तथा सरकारको कामकारबाहीबारे आन्तरिक छलफल तीव्र भइरहेका बेला सचिवालय बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 5 =