कर्णालीको कथा बोकेको ‘अछेता’ सँगै सुरु भयो त्रिदेशीय नाटक महोत्सव (तस्बिरहरु)

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान को आयोजनामा ‘त्रिदेशीय नाटक महोत्सव’ शुक्रबार (वैशाख २५) देखि सुरु भएको छ। नेपाल सरकार, काठमाडौं महानगरपालिका, बीपी कोइराला फाउन्डेसन तथा भारतीय राजदूतावासको सहकार्यमा आयोजित महोत्सव वैशाख २७ गतेसम्म कान्तिपुर थिएटर मा सञ्चालन हुनेछ।

नेपाल, भारत र श्रीलङ्काको सहभागिता रहने घोषणा गरिएको महोत्सवमा अन्तिम समयमा श्रीलङ्काको टोली भने सहभागी भएन। महोत्सवमा नेपालबाट कला घरको ‘अछेता’, भारतबाट क्रियटिभ आर्ट एकेडेमीको ‘होम इन सुटकेस’ तथा रङ्ग संस्कारको ‘शकुनि’ मञ्चन हुनेछन्। नाटकहरू प्रत्येक दिन साँझ ५ः३० बजे मञ्चन गरिने आयोजकले जनाएको छ।

महोत्सवको पहिलो दिन नेपालको प्रस्तुति ‘अछेता’ मञ्चन गरियो। कर्णाली भेगको परिवेश र कथावस्तुमा आधारित नाटक खस भाषामा तयार पारिएको हो। गोभिन्द सुनार द्वारा लिखित तथा निर्देशित नाटकमा झकेन बिसी, सुस्मिता कुँवर लगायत कलाकारहरुको अभिनय रहेको छ। यो नाटक आगामी जेठ १ गतेदेखि शिल्पी थिएटर मा नियमित मञ्चन हुने जनाइएको छ।

तस्बिरहरू :–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =