विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध कानुनका विद्यार्थीको मार्चपास (तस्बिरहरु)

काठमाडौँ । स्ववियु र विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध कानुनका विद्यार्थीहरूले मार्चपास गरेका छन् ।

नेपाल ल क्याम्पसका विद्यार्थीहरूले आज मार्चपास गर्दै सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयमा विद्यार्थी संगठन हटाउन प्रहरी परिचालन गर्ने तयारीप्रति आपत्ति जनाउँदै प्राध्यापक र शैक्षिक वातावरण सुदृढ गर्न सरकारको ध्यान जानुपर्ने बताएका छन् ।

उनीहरूले कालो चस्मा कालै मन, नयाँ सरकारको धनै धन, ओइ बालेन ओइ, धारा १७ खै ?, विद्यार्थी आन्दोलन जिन्दाबाद, कानुनका विद्यार्थी जाग्दै छन्, तानासाही भाग्दै छन् जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eighteen =