सर्लाहीमा युवकले गरे आत्मदाह प्रयास, उद्धारका लागि हेलिकोप्टर पठाइयो

काठमाडौं । सर्लाहीमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

गोडैता नगरपालिका–१० निवासी ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको पूयास गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सामाजिक सञ्जाल मार्फत घटनाबारे जानकारी दिएका छन् ।

उनले युवकले आत्मदाहको प्रयास गरेको जानकारी प्राप्त भएपछि प्रधानमन्त्री, गृहमन्त्री र आफ्नो पार्टीका सभापतिलाई जानकारी गराएको बताएका छन् । सांसद सिंहका अनुसार मण्डलको अवस्था नाजुक रहेको छ ।

सिंहले घटनाबारे तत्काल प्रधानमन्त्री, गृहमन्त्री तथा पार्टी सभापतिलाई जानकारी गराउँदै पीडितको निःशुल्क उपचारको व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।

उनका अनुसार प्रधानमन्त्रीलाई जानकारी गराइएलगत्तै घाइते मण्डलको उद्धारका लागि हेलिकोप्टर पठाइएको छ भने उनको निःशुल्क उपचारको व्यवस्था समेत मिलाइएको छ ।

सांसद सिंहले उद्धार तथा उपचार व्यवस्थापनमा सहयोग गरेको भन्दै प्रधानमन्त्री, गृहमन्त्री र पार्टी सभापतिप्रति धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =