जिली ईएक्स–५ को मूल्य परिमार्जन, नयाँ वर्ष अफर यथावत्

काठमाडौँ। नेपालमा विद्युतीय सवारीसाधन बजारमा सक्रिय कम्पनी एलआरआर मोटर्स ले जिली ईएक्स–५ मोडेलका गाडीहरूको मूल्य वृद्धि गरिएको घोषणा गरेको छ। कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य आजदेखि देशभरका शोरूम मार्फत लागू गरिएको हो।

कम्पनीका अनुसार जिली ईएक्स–५ म्याक्सको मूल्य अघिल्लो ६८ लाख रुपैयाँबाट बढेर ६९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ भने जिली ईएक्स–५ प्रोको मूल्य ५८ लाख रुपैयाँबाट वृद्धि भई ५९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। काठमाडौँ, नारायणगढ, विराटनगर, बुटवल तथा नेपालगन्जलगायत देशभरका शोरूमबाट खरिद गर्दा नयाँ मूल्य लागू हुने जनाइएको छ।

अमेरिकी डलरको विनिमय दरमा आएको निरन्तर वृद्धि तथा आयात लागत बढेका कारण मूल्य समायोजन गर्नुपरेको कम्पनीले स्पष्ट पारेको छ। यद्यपि मूल्य वृद्धि भए पनि कम्पनीको नववर्ष बिक्री योजना यथावत् रहने जनाएको छ।

कम्पनीले जिली ईएक्स–५ खरिद गर्ने ग्राहकलाई थाइल्यान्ड भ्रमणसहित स्मार्ट कफी मेसिन, अनुकूल चार्जर, नगद छुट तथा सहज वित्तीय सुविधाजस्ता आकर्षक अफरहरू उपलब्ध हुने जानकारी दिएको छ।

कम्पनीका बिक्री प्रमुख अधिर श्रेष्ठका अनुसार जिली ईएक्स–५ ले नेपाली बजारमा उत्साहजनक प्रतिक्रिया पाएको छ, जसले विद्युतीय सवारीप्रति उपभोक्ताको बढ्दो विश्वास झल्काउँछ। बाह्य आर्थिक कारण, विशेष गरी मुद्रा विनिमय दरमा आएको उतारचढावका कारण मूल्य परिमार्जन आवश्यक भएको उनले बताए। साथै, नववर्षको अवसरमा ल्याइएको विशेष योजनाले ग्राहकलाई थप लाभ पुग्ने विश्वास व्यक्त गरिएको छ।

कम्पनीले उन्नत प्रविधि, प्रभावकारी कार्यसम्पादन र ग्राहकमैत्री सेवामार्फत नेपालमा तीव्र रूपमा विस्तार भइरहेको विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, थप जानकारीका लागि नजिकको शोरूममा सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =