सभामुख पदमा उम्मेदवारी नदिने कांग्रेसको निर्णय, एमाले छलफलमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ । पार्टीका महामन्त्री प्रदीप पौडेलले सत्तापक्षसँग संसद्मा पर्याप्त संख्या रहेको र सभामुख साझा व्यक्ति भएको कारण यस्तो निर्णय गरिएको जानकारी दिएका छन् ।

‘संसद् मर्यादित र निष्पक्ष ढंगले चलाउने दायित्व सभामुखमा रहेको हुँदा संसद्को गरिमा थप बढ्ने अपेक्षा सहित उम्मेदवारी नदिने निर्णय गरेका हौं’ उनले भने ।

यसैबीच, नेकपा एमालेले सभामुख पदमा उम्मेदवारी दिने वा नदिने विषयमा अझै निर्णय गरेको छैन । एमालेका सांसद गुरुप्रसाद बरालले भने, ‘हामी सचिवालय बैठक बस्दैछौं । उक्त बैठकपछि यो विषयमा एउटा निर्णयमा पुग्छौं ।’

सभामुख पदमा रास्वपाका छलफलबाट डोलप्रसाद अर्यालको उम्मेदवारी परिसकेको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाको १८२ सिट रहेको र सुविधाजनक बहुमत भएकाले अर्यालको निर्वाचित हुने स्थिति लगभग निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =