इजरायली आक्रमणमा दक्षिण बेरुतमा ७ जनाको मृत्यु

एजेन्सी । इजरायली आक्रमणमा परेर दक्षिण बेरुतमा ७ जनाको मृत्यु भएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार मंगलवार अबेर राति दक्षिण बेरुतमा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु भएको हो । भने, अन्य २१ जना घाइते भएका छन् ।

उक्त आक्रमणले एउटा सवारी लस्करलाई निशाना बनाएको थियो, जसका कारण कारहरूमा आगलागी भएको थियो र राजधानी तथा वरपरका क्षेत्रहरूमा ठूला विस्फोटका आवाजहरू सुनिएका थिए ।

खाल्डे राजमार्गमा एउटा कारमा भएको अर्को इजरायली आक्रमणमा भित्र रहेका दुई जनाको मृत्यु भएको छ । निशानामा परेका व्यक्ति कुनै उच्च पदस्थ अधिकारी भएको विश्वास गरिए पनि उनीहरूको पहिचान तत्काल खुल्न सकेको छैन ।

हिजबुल्लाहले पछि नाह क्षेत्रमा भएको इजरायली आक्रमणमा लडाकु मोहम्मद बाकर अल–नाबुलसी मारिएको घोषणा गर्‍यो । नोभेम्बर २७, २०२४ मा भएको युद्ध विराम सम्झौतापछि मार्च २ मा हिजबुल्लाहले पहिलो पटक इजरायलतर्फ रकेट प्रहार गरेसँगै लेबनान–इजरायल सीमामा सीमापार लडाईं जारी रहेको छ । जसले दक्षिण र पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणलाई थप तीव्र बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 10 =