इरानले फेरी बन्द गर्‍यो स्ट्रेट अफ हर्मुज, अमेरिकाले थाल्यो आक्रमण

एजेन्सी । इरानले स्ट्रेट अफ हर्जुज बन्द गर्ने घोषणा गरेसँगै अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले साइप्रसको झण्डा बोकेको एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले आक्रमण सुरु गरेको हो।

इरानी सञ्चारमाध्यमका अनुसार आईआरजीसीले उक्त हर्मुज हुँदै जाने पानीजहाजले स्वीकृत मार्ग परिवर्तन गरेको र चेतावनीलाई बेवास्ता गरेको भन्दै क्रुज मिसाइल प्रहार गरेको थियो।

इरानले अर्को सूचना नभएसम्मका लागि उक्त हर्जुज पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ। यसको जवाफमा अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानले गलत निर्णय गरेको र यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। सेन्टकमका अनुसार इरानी आक्रमणबाट जहाजको इन्जिन कोठामा ठुलो क्षति पुगेको छ भने एक चालक दलका सदस्य बेपत्ता भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =