भक्तपुरको रानीझुला: मन शान्त पार्ने नयाँ गन्तव्य (तस्बिरहरू)

काठमाडौँ । भक्तपुरको ‘रानीझुला’ झोलुंगे पुल अहिले प्रकृति र शान्तिको खोजीमा निस्किनेहरूका लागि आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।

चाँगुनारायण नगरपालिका वडा नं. ६ र ७ लाई जोड्ने यो पुलमा दैनिक सयौं पर्यटक पुग्ने गरेका छन् ।

पुलमाथि उभिँदा चारैतिर फैलिएको हरियाली जंगल, ऋतु परिवर्तनसँगै रङ फेरिने पातहरू र शीतल हावाको स्पर्शले मनलाई गहिरो सन्तुष्टि दिन्छ । यही प्राकृतिक सौन्दर्यको आनन्द लिन विशेषगरी बिदाका दिन युवायुवतीको ठूलो भीड लाग्ने गरेको छ ।

पर्यटकको आगमनसँगै श्री नगरकोट ऐनडाँडा सामुदायिक वन उपभोक्ता समूहले प्रवेश तथा पार्किङ शुल्क उठाउन थालेको छ (स्वदेशी २०, विदेशी ५०, विद्यार्थी १० रुपैयाँ)। यसले स्थानीय आर्थिक गतिविधिमा नयाँ ऊर्जा थपेको छ—गाउँमा होमस्टे, साना व्यापार र नाङ्ले पसलहरू फस्टाउँदै गएका छन् ।

१ करोड ६७ लाख रुपैयाँ लागतमा निर्माण भएको २५० मिटर लामो यो सुन्दर पुल २०७८ चैत २१ मा उद्घाटन गरिएको हो ।

सुनसान जंगलबीचमा रहेको ‘रानीझुला’ पुल अहिले भक्तपुरको नयाँ चिनारी बन्दै गएको छ ।

तस्बिरमा हेर्नुहोस् ‘रानीझुला’ पुल:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =