पतञ्जली प्रकरण : बहस नोट पेश गर्न विशेष अदालतको आदेश

काठमाडौं । पतञ्जली प्रकरणमा विशेष अदालतले बहस नोट पेश गर्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मुद्दाका दुवै पक्षलाई बहस नोट पेश गर्न आदेश दिएको हो ।

यस प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा चलेकाे थियाे । अख्तियारले पतञ्जली प्रकरणमा हदबन्दीभन्दा बढीको जग्गा बिक्री र सट्टापट्टा गर्न दिएर भ्रष्टाचार भएको आरोपहरु लगाएको थियो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन कानूनमन्त्री प्रेमबहादुर सिंह, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ अनि मुख्यसचिव माधवप्रसाद घिमिरेको भूमिकामाथि अख्तियारले प्रश्न उठाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fourteen =