बबरमहल क्षेत्रमा प्रहरी र एमाले कार्यकर्ताबीच झडप, प्रदर्शनकारीले फुटाए गाडीको सिसा (४२ तस्बिर)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै एमाले कार्यकर्ताहरूले काठमाडौँको बबरमहलमा प्रदर्शन गरेको छन् ।

प्रदर्शनकारीहरूले सडकमा गुडिरहेका निजी सवारीसाधनमाथि तोडफोड गर्दै त्यसमा सवार सर्वसाधारणलाई समेत कुटपिट समेत गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा माइतीघर मण्डला देखि बबरमहल सम्म एमाले नेता कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका थिए ।

सोही क्रममा प्रदर्शनकारीहरू उग्र भएर निजी सवारीसाधनमाथि तोडफोड गरेका हुन् ।

विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी चार्च गरेको छ । लाठी चार्चका क्रममा एमाले कार्यकर्ता युवराज ओली, लगायतका नेता कार्यकर्ताहरू समेत घाइते भएका छन् ।

हेर्नुहोस् ४२ तस्बिरमा प्रहरी र एमाले कार्यकर्ताबीच झडप
-तस्बिरहरु: अनुप प्रधान/ न्युज एजेन्सी नेपाल

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 17 =