टिचिङमा भर्ना भए पूर्वप्रधानमन्त्री केपी ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा भर्ना भएका छन् । उनी टिचिङ अस्पतालको ‘एनेक्स वान’ भवनस्थित ५०१ नम्बर बेडमा भर्ना भएका हुन् ।

मिर्गौला प्रत्यारोपणका बिरामी ओलीलाई आवश्यक रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − three =