सरकार ढुङ्गाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाइ भएन: सांसद रम्तेल

काठमाडौँ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले ढुङ्गा जस्तै मौन भएको भन्दै सरकारको आलोचना गरेकी छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले जनप्रतिनिधिहरूको आवाज सुन्नुपर्ने संवैधानिक दायित्व समेत पूरा नगरेको आरोप समेत लगाइन् ।

सांसद रम्तेलले प्रधानमन्त्री बालेन्द्र साहको राष्ट्रघाती अभिव्यक्ति सच्याउनुपर्ने आफूहरूको माग समेत अझै सुनुवाइ हुन नसकेको गुनासो समेत गरिन् ।

सांसद रम्तेलले भनिन् ‘नेपालीमा एउटा उखान छ–ढुङ्गालाई जति पानी खन्याए पनि त्यो गल्दैन । तर लोकतन्त्रमा सरकार ढुङ्गाजस्तो मौन हुन मिल्दैन । संसद्मा उठेका जनप्रतिनिधिका आवाज सुन्नु सरकारको दायित्व र जवाफ दिनु संवैधानिक जिम्मेवारी हो । यही विषयमा हामीले निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएका छौँ । तर आजसम्म पनि प्रधानमन्त्रीज्यूको अभिव्यक्तिबारे न त स्पष्टता आएको छ, न संसदले चित्तबुझ्दो जवाफ पाएको छ । गणेश नेपालीको मृत्युले हामी सबै देशवासी आज अत्यन्तै दुःखी छौँ । सम्बन्धित मन्त्रालयले छानबिन गरी मृतकका परिवारलाई राहत दिन अनुरोध पनि गर्दछु ।’

सांसद रम्तेलले गणेश नेपालीको मृत्युको खबरले सिङ्गो देशलाई स्तब्ध बनाएको उल्लेख गर्दै पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =