प्रतिवादमा उत्रिने एमालेको तयारी, सचिवालय बैठकले रणनीति तय गर्ने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएका कानूनी दफाहरूको कुनै आधार नभएको दाबी गरेका छन् । पार्टी केन्द्रिय कार्यालय च्यासलमा सचिवालय बैठकका लागि पुगेका उपाध्यक्ष पन्तले सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानूनी आधार बिना पक्राउ गर्नु गम्भीर भएको बताएका हुन् ।

अध्यक्ष ओलीमाथि लगाइएका दफाहरू तर्कसंगत नभएको उनकाे भनाइ छ । पन्तले एमालेले यस विषयमा आजै छलफल गर्ने र कानूनी रुपमा कडा प्रतिवाद गर्ने जानकारी दिए ।

उनले भने, ‘समस्या त अब गम्भीर नै भयो तर जुन दफाहरू लगाइएको छ, त्यो दफाहरू चाहिँ लगाउने आधार देखिँदैन। त्यसैले हामी आज छलफल गर्छौँ र यो कानूनी रुपमै कत्तिको प्रतिवाद गर्न सकिन्छ, कानूनी रुपमा पनि प्रतिवाद गर्छौं । र त्यसपछि अब अरु के गर्ने भन्ने कुरो अहिले हामी सचिवालयको बैठकमा छलफल गरेपछि थप पाइलाहरू के हुनेछन् भन्ने कुरा अब अहिले रणनीति बन्छ अब त्यसको बारेमा ।’

पार्टीको आगामी कदमका बारेमा जानकारी दिँदै उनले सचिवालय बैठकपछि थप रणनीति बन्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 11 =