ओली पक्राउ परेपछि एमालेले बोलायो आकस्मिक बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेले आकस्मिक बैठक बोलाएको छ । सचिव महेश बस्नेतले बिहान साढे ८ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको जानकारी दिए । उनले बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने समेत बताएका छन् ।

उनले ओली पक्राउ परेपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौँ’, बस्नेतले लेखेका छन्, ‘अहिले बिहान ८ः३० बजे बस्ने सचिवालयको बैठक पछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ ।’

बालेन सरकारद्वारा सुधन गुरुङजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको उनको भनाइ छ । बस्नेतले यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 16 =