एक्सनमा गृहमन्त्री गुरुङ: सुरक्षा प्रमुखसँग गरे डेढ घण्टा छलफल
२०८२ चैत १३ गते

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रमुखसँग उच्चस्तरीय छलफल गरेका छन् ।
शुक्रबार साँझ नेपाल प्रहरी आईजीपीका दानबहादुर कार्की र सशस्त्र प्रहरीका राजु अर्याललाई सिंहदरबारस्थित गृहमन्त्रालयमा बोलाएर करिब डेढ घण्टा छलफल गरेका हुन् ।
छलफलको औपचारिक विषय सार्वजनिक गरिएको छैन । यद्यपि, आजै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि उक्त भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
कार्की आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलगायतलाई फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरिएको उल्लेख छ ।
२०८२ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित








