१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

काठमाडौँ । युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. ले १९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा गरेको छ ।

काठमाडौँमा आयोजित एक विशेष समारोहमा उत्कृष्ट कलाकृतिहरू प्रस्तुत गर्ने बालबालिकाहरूलाई सम्मान गरिएको हो ।

यस वर्षको प्रतियोगिता देशभरका विभिन्न विद्यालयहरूबाट उत्साहजनक सहभागितासहित सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । प्रतियोगिताले बालबालिकाहरूलाई ‘भविष्यको गतिशीलता’ विषयमा आफ्ना सिर्जनात्मक सोच र कल्पनालाई चित्रमार्फत अभिव्यक्त गर्ने अवसर प्रदान गरेको थियो ।

प्रतियोगितामा उमेर समूहअनुसार विजेताहरू निम्नानुसार रहेका छन्:

७ वर्ष मुनि : प्रथम- प्रेक्षा शर्मा-ग्यालेक्सी पब्लिक स्कुल दोस्रो: अन्नोरा शाक्य आवाले – स्टुडियो १८ तेस्रो: देवांश गोयल – राई स्कुल ८–११ वर्ष: प्रथम: आराध्या कनौजे – ग्यालेक्सी पब्लिक स्कुल दोस्रो: स्रिजा प्रजापति – राई स्कुल तेस्रो: एज़्यान खान मलिक – राई स्कुल १२–१५ वर्ष: प्रथम: निसा लुनिया – राई स्कुल दोस्रो: आर्यव जोशी – कास्थमाण्डप विद्यालय तेस्रो: अनुवा यादव

हरेक उमेर समूहका प्रथम स्थान हासिल गर्ने विजेताहरूका उत्कृष्ट कलाकृतिहरू अन्तर्राष्ट्रिय स्तरमा जापानमा आयोजना हुने विश्व प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने बताइएको छ ।

टोयोटा ड्रिम कार आर्ट कन्टेष्टले विश्वभरका बालबालिकाहरूलाई भविष्यको सवारी साधन कस्तो हुन सक्छ भन्ने आफ्ना कल्पनाहरूलाई चित्रमार्फत प्रस्तुत गर्न प्रेरित गर्दै आएको कम्पनीको भनाइ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 8 =