सुर्खेतकी इनिसाको हत्यामा संलग्नलाई फाँसी दिनुपर्ने माग

काठमाडौँ । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीय इनिसा विकको सामूहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौँमा शनिवार पनि प्रदर्शन गरिएको छ ।

काठमाडौँको माइतीघर मण्डलामा भेला भएका फाँसीको सजाय दिने कानुन निर्माण गर्न सरकारलाई दबाब दिँदै प्रदर्शन गरेका हुन् ।

हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटना फेरि पनि हुन नपाओस् भन्ने कुरामा पनि सरकारलाई सचेत गराउन अभियानमा आफूहरू लागेको सामाजिक अभियन्ता कविता चन्द सोडारीले बताइन् ।

प्रदर्शनमा उत्रिएकाहरूले इनिसालाई न्याय देऊ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गर लगायत लेखिएको प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

उनीहरूले सरकारले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कडा कानुनी व्यवस्था गर्न आवश्यक रहेको धारणा समेत राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =