वायु प्रदूषणको जोखिम बढ्दो

स्वच्छ हावाका लागि माइडियाका अत्याधुनिक एयर प्युरिफायर नेपाली बजारमा

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेपछि जनस्वास्थ्यमा गम्भीर खतरा उत्पन्न भएको छ । काठमाडौँको वायु गुणस्तर सूचकांक २०० को हाराहारीमा पुगेको छ, जसलाई स्वास्थ्यका दृष्टिकोणले ‘अत्यधिक संवेदनशील र अस्वस्थकर’ मानिन्छ ।

वायु प्रदूषणको जोखिम न्यूनीकरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ बुँदे विशेष अपिल जारी गर्दै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासका बिरामीलाई अनिवार्य मास्क प्रयोग गर्न र फोहोर नजलाउन अनुरोध गरेको छ।

बाहिरी वातावरण प्रतिकूल बन्दै गएको अवस्थामा घर तथा कार्यालयभित्रको हावालाई स्वच्छ र सुरक्षित राख्नु चुनौतीपूर्ण बनेको छ। यही आवश्यकतालाई सम्बोधन गर्दै विश्वप्रसिद्ध ब्रान्ड ‘माइडिया’ (Midea) ले नेपाली बजारमा आफ्ना दुई शक्तिशाली र आधुनिक एयर प्युरिफायरहरू— KJ500G-F11 र KJ400G-Z1 Pro उपलब्ध गराएको छ। चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले यी उत्पादनहरू नेपाली उपभोक्ताका लागि भित्र्याएको हो।

ठूला स्थानका लागि शक्तिशाली KJ500G-F11
६६ वर्ग मिटर सम्मका हल, ठूला बैठक कोठा वा कर्पोरेट कार्यालयका लागि यो मोडेल उत्कृष्ट मानिन्छ। यसमा रहेको ‘स्मार्ट एआई मोड’ ले कोठाको प्रदूषण स्तर निरन्तर मापन गरी सोही अनुरूप कार्यक्षमता समायोजन गर्छ, जसले ऊर्जा बचत र फिल्टरको आयु वृद्धि गर्छ। ४५० m³/h को ‘क्लिन एयर डेलिभरी रेट’ (CADR) भएको यस प्युरिफायरमा मेडिकल-ग्रेडको H13 HEPA फिल्टर जडान गरिएको छ, जसले ९९.९७ प्रतिशत सूक्ष्म कण (PM2.5) र एलर्जी उत्पन्न गर्ने तत्वहरूलाई नष्ट गर्छ। साथै, यसको प्लाज्मा स्टेरिलाइजेसन प्रविधिले हावामा रहेका हानिकारक ब्याक्टेरिया र भाइरसलाई समेत निष्कृय बनाउँछ।

शान्त र प्रभावकारी KJ400G-Z1 Pro
५५ वर्ग मिटर सम्मका मध्यम कोठा वा अपार्टमेन्टका लागि उपयुक्त यो मोडेल ‘शान्त सञ्चालन’ (Quiet Operation) का लागि चिनिन्छ। ३८० m³/h को CADR क्षमता भएको यो प्युरिफायर न्यूनतम् ३० डेसिबल आवाजमा चल्ने हुँदा सुत्ने कोठाका लागि आदर्श मानिन्छ। यसमा रहेको नेगेटिभ आयन जेनेरेटर र एक्टिभ कार्बन फिल्टरले धुलो, धुवाँ र दुर्गन्ध हटाउन प्रभावकारी भूमिका खेल्छ।

थप विशेषता र उपलब्धता
यी दुवै मोडेलमा एयर क्वालिटी इन्डिकेटर, फिल्टरको आयु देखाउने सूचक, टाइमर फङ्सन, टर्बो र साइलेन्ट मोड जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन्।

चार दशकभन्दा लामो विरासत बोकेको सिजी इलेक्ट्रोनिक्सले यी उत्पादनको बिक्री वितरणसँगै देशभर रहेका आफ्ना सेवा केन्द्रहरूमार्फत उत्कृष्ट बिक्रीपछिको सेवा र प्राविधिक सहयोग सुनिश्चित गरेको छ। बढ्दो प्रदूषणबाट परिवार र कर्मचारीको स्वास्थ्य रक्षा गर्न माइडियाका यी एयर प्युरिफायरहरू भरपर्दो विकल्प सावित भएका छन्। यी उत्पादनहरू देशभरका प्रमुख इलेक्ट्रोनिक्स पसल तथा सिजी डिजिटलका शोरुमहरूमा उपलब्ध छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =